अबको सम्भावना यस्तो



७० वर्ष उमेर कटिसकेका हाम्रा नेताहरू तन्नेरी वर्गभित्र पर्न रुचाउँछन्। उनीहरूलाई बुढापाका नेता भनेको पटक्कै मन पर्दैन। तर अहिले काम चलाउ भनिएको तन्नेरी देउवा नेतृत्वको सरकारले जेष्ठ नागरिकहरूको परिभाषा फरक ढंगले गर्दै ६५ वर्ष उमेर पुगेकाहरूलाई वृद्धभत्ता दिने निर्णय गरेको छ।

पछिल्लो सरकारी तथ्यांकअनुसार नेपालीहरूको औसत आयु ६९ वर्ष पुगेको छ। काठमाडौंबासीको औसत आयु ७६ वर्षको हाराहारीमा छ भने कर्णाली र आसपासका क्षेत्रका जनताको औसत आयु ५० वर्षको हाराहारीमा छ। बहुसंख्यक नेपालीको औसत आयु ७० वर्षभन्दा माथि छ। अब देउवाजीले ६५ वर्षमै भत्ता उपलब्ध गराउने भएपछि जेष्ठ नागरिकको परिभाषा पनि बदल्ने कि?

देउवाले विभिन्न निर्णय फटाफट गर्न थालेपछि नयाँ सरकार गठनको कसरतमा जुटिरहेका वाम गठबन्धनलाई तनाव भएको छ। प्रधानमन्त्रीको अग्रिम बधाईसमेत थापिसकेका ओलीले केकस्ता भत्ताका प्याकेज ल्याउने हुन्? उनी पनि के कम भत्ता रकम पो ह्वात्तै बढाएर ६० वर्षमै पो भत्ता दिन्छन् कि?
त्यस्तो हो भने त अब एउटै परिवारमा चौवर पेन्सन भित्रिने भो। अर्थात् बा–आमा, अधबैंसे छोरा–बुहारीले एकै पटक एकमुस्ट भत्ता भित्त्याउने सम्भावना पो बढेर गयो त⁄ देउवाले गर्या निर्णय उल्टाउँदा आफ्नो लोकप्रियता घट्ने उस्तै टेन्सन हैन, त ओलीज्यू?

प्रतिक्रिया दिनुहोस्