कमेडीमा फेरि–फेरि



कमेडी कथामा फेरि–फेरि नामक फिल्म बन्ने भएको छ। पुरन थापाको लेखन, निर्माण र निर्देशन रहने फिल्मको हालै राजधानीमा शुभमूहुर्त गरिएको छ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा अभिनेतृ ऋचा शर्माका साथमा अभिनेताद्वय अर्पण थापा र धर्मेन्द्र आचार्यले मूहुर्त सट दिएका थिए।

कार्यक्रममा फेरि–फेरिको निर्माण कम्पनी माता वसुन्धरा मुभीजले प्रथम महिला बोर्ड अध्यक्ष निकितालाई सम्मान गरेको थियो। माघ १८ गतेदेखि छायांकन शुरु हुने फेरि–फेरि पहिलोपटक ३५ सेन्सरयुक्त अत्याधुनिक प्रविधिको रेड इपिक डब्ल्यू हेलियम एटके क्यामेराबाट खिचिँदै छ। निर्देशक पुरनले अत्याधुनिक प्रविधिका साथ अत्यन्तै मनोरञ्जक फिल्म बनाउने ध्यय राखिएको बताए। कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म निर्माणमा मात्र नभई प्रदर्शनमा पनि अध्याधुनिक प्रविधिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा बोर्ड अध्यक्ष निकिताले फिल्म क्षेत्रले आफूमाथि राखेको विश्वास पूरा गर्न आफू लागिपरेको बताइन्।
फिल्म अर्पण थापा, ऋचा शर्मा, विकास चापागार्इं, धर्मेन्द्र आचार्य, ओम प्रतीक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्दै छन्। निरज थापा निर्माता रहेको फिल्म सुरेश वज्रचार्यले खिच्ने छन्। फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, विकास चौधरी र पुरन थापाको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्