सहज रुपमा सुचना नपाइएको भन्दै पत्रकाहरुको गुनासो



धनवीर दाहाल, रुकुम ।

रुकुमका पत्रकारहरुले जिल्लामा भने अनुसारको सुचना नपाइएको गुनासो गरेका छन् । जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले सहज रुपमा सुचना दिन हिचकिचावट गरेको गुनासो रुकुमका पत्रकारहरुले गरेका छन् । नेपाल पत्रकार महासंघ रुकुमले सुचनाको हक सम्बन्धी सरोकारवालाहरु बिच गरेको कार्यक्रममा रुकुमका पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले सुचना दिनमा काँही कतै कुनै पनि कार्यालयले आनाकानी गरे तत्काल आफुलाई खवर गर्न अनुरोध गर्नुभएको छ । सुचना पत्रकारलाई मात्र नभएर आम नागरिकले पनि पाउनुपर्ने भन्दै उहाँले दिन मिल्ने सुचना सहज रुपमा उपलब्ध गराउन बिभिन्न सरोकार राख्ने कार्यालयलाई निर्देशन दिनुभएको छ ।

बिशेष गरी स्थानीय तहमा सुचना लुकाउने काम भइरहेको पत्रकारहरुको गुनासो थियो । पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले सुचनालाई सहज बनाउनका लागी सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमलाले आफ्नो कार्यालयबाट सुचनाको कुनै पनि कन्जुस्याँइ नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्