प्रदेशमा सानो मन्त्रिमण्डल बनाउने वाम गठबन्धनबीच सहमति



नेपाल समाचारपत्र, काठमाडौँ ।
एमाले र माओवादीका नेताहरु प्रदेश सरकारमा १० प्रतिशतभन्दा नबढ्ने मन्त्रीहरु छनोट गर्न सहमत भएका छन् । संविधानले भने प्रदेशमा कुल सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने ठाउँ दिएको छ ।

वाम गठबन्धनको संयुक्त कार्यदलको सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको एमालका एक नेताले जानकारी दिएका छन् । बैठकमा पहिला सानो मन्त्रिमण्डल बनाउने एमाले र माओवादीबीच सहमति भएको बताइएको छ ।

वाम गठबन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार गठन गर्ने देखिन्छ र उक्त प्रदेशहरुमा सानो संख्याको प्रदेश सरकार बन्ने बताइएको छ ।
यसैबीच प्रदेश सरकार निर्माण सम्बन्धी एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले १४ माघमा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्