हालेपको भीडन्त बोजिनियाकीसँग हुने



मेलबर्न, अष्ट्रेलिया ।
महिला एकल तर्फका शीर्ष वरियताप्राप्त रुमेनियाकी सिमोन हालेप जर्मनीकी एन्जेरिक कर्बरलाई हराउँदै अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छिन। हालेपले कर्बरलाई आज विहान भएको अत्यन्त प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा ६–३ र ४–६ र ९–७ को अन्तरमा पराजित गरेकी हुन्।

झण्डै साढे दुईघण्टासम्म चलेको प्रतिस्पर्धात्मक खेलमा हालेपले हार्नै लागेको दुई म्याच प्वाइन्ट जोगाउँदै खेलमा फर्केकी थिइन् । अब फाइनलमा हालेपको भीडन्त डेनमार्ककी क्यारोलिन बोजिनियाकीसँग हुनेछ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्