अभिभावकहरुबाटै सन्तान असुरक्षितः कसरी पत्याउने अपराध ?



बालिकालाई बोलाएर बारीको कान्लामुनी पुगी सबै कपडा खोलिदिएर जर्बजस्ति गरिरहँदा छिमेकीले देखेका थिए ।

 

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लामा घटेका तर पत्याउनै नसकिने केहि कहालिलाग्दा घटनाहरुले हरेक अभिभावकहरु प्रति शंका र अविश्वास जन्माउन थालेको छ । अभिभावकहरुबाटै सन्तान असुरक्षित भएको घटना शिक्षित र सम्वृद्ध समाजका लागि कलंक होईन र ?

मण्डन देउपुर नगरपालिका ७ साविकको हिगुवापाटी ५ घर भएका ११ बर्षिय बालकले छिमेकी घर भएकी ३ बर्षिया बहिनीलाई २०७४ पुष ३ गते घर नजिकैको बारीको कान्लामुनी लगेर जर्बजस्ति गरे । भर्खर विवाह गरेकी २३ बर्षिया आमा कामको सिलसिलामा घरमा थिईनन् । पहिलो सन्तान माथी भएको यस्तो बज्रपातले आमा र बुबा समेत मुर्छित बन्न पुगे ।

साँझको साढे ४ हुँदै थियो । बालिकालाई बोलाएर बारीको कान्लामुनी पुगी सबै कपडा खोलिदिएर जर्बजस्ति गरिरहँदा छिमेकीले देखेका थिए । तत्काल अभिभावकले बालिकाको उपचार र बालकलाई प्रहरीको जिम्मा लगाए । पुष ६ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बालकलाई म्याद थपका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा बुझायो । तर अदालतले बालकलाई प्रहरी हिरासतमा राख्न नमिल्ने भन्दै बालबालिका सम्वन्धी ऐन २०५८ को दफा ५० बमोजिम चाहिएको बखत उपस्थित गराउने गरी निजको बाबु आमा वा नजिकको नातेदारको संरक्षणमा जिम्मा लगाउन आदेश दियो । सोहि मितिदेखि बालक उनकै अभिभावकसँग बसिरहेका छन् ।

उनको अनुहारमा कुनै प्रकारको गल्ति गरेको महसुस र ग्लानी छैन । ११ बर्षिय बालकले बालिकालाई जर्बजस्ति गरेको स्विकारेका मात्रै छैनन आफुले अग्रज दाजुहरुले मोवाईलमा युट्युव मार्फत अश्लिल फिल्महरु हेरेको र अभिभावकहरु आफुसँगै सुत्दा अनुभुति भएकाले के रहेछ ? कस्तो हुने रहेछ भनेर प्रयोग मात्रै गरेको बयान दिएका छन् । अभिभावकहरुको ‘केयरलेस’ र अग्रजहरुको बालबालिकाहरु प्रति भएको खेलाँचीले उक्त घटना घट्न पुगेको बताईएको छ ।

सुचना प्रविधिको सहज पहुँच, बालबालिकाहरुले प्रयोग गर्ने मोवाईलका कारण समाजमा यस्ता घटना हुन थालेका छन् । अभिभावकहरुले सन्तानलाई यस्ता घटनाहरुबाट जोगाउन अपनाउनु पर्ने सुरक्षालाई ध्यान दिनु जरुरी छ । बालिकालाई उपचार पछि घरमै राखिएको छ । स्वास्थ्य परिक्षणमा समेत बालिका बलात्कृत भएको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

घटना २
दिदीसँग विवाह गरेका एक युवकले दुई बहिनीहरुसँग जर्बजस्ति पटक–पटक सम्वन्ध राखिरहेको खुलासा भएको छ । एकै घरका तीन दिदीबहिनीहरुसँग ललाई फकाई जर्बजस्ति सम्वन्ध राखिरहेका युवक पक्राउ हुनु अगावै बालिका लिएर फरार भएका छन् । प्रहरीले सोमबार उनलाई पक्राउ गरेको छ ।

जेठी सँग विवाह गरी एउटा बच्चा भएपछि विदेश पठाएका बेथाञ्चोक गाउँपालिका वडा नम्वर ६ भुग्देउ महांकाल घर भएका २२ बर्षिय कृष्णबहादुर तामाङले श्रीमतीका दुई बहिनी अथार्त सालीहरुसँग अनैतिक सम्वन्ध राखेको खुलासा भएको छ । साईली बहिनी १२ बर्षकी मात्रै छिन् । माईली बहिनी पनि भर्खर १४ वर्ष पुगेर १५ लाग्दै छिन् । जेठी श्रीमतीको पनि १८ वर्ष नपुग्दै विवाह भएको हो ।

१२ बर्षिया बालिकाको पेटमा उनै कृष्णबहादुरको ६ महिनाको गर्भ बसिसकेको छ । साईली साली लिएर फरार कृष्णबहादुरलाई कानुनले बालिका बलात्कार, बहुविवाह सम्वन्धी कारवाही हुन्छ । तर साली बच्चा जसरी पनि जन्माउने र उनै भिनाजुको संरक्षणमा जीवन सम्वृद्ध बनाउने योजनामा भिनाजु लिएर फरार भएकी छिन् । माईलीको विचल्ली छ । विदेशमा रहेकी जेठीले उनलाई पक्राउ गरी कारवाही गर्न आमालाई भनिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्