आर्सेनल काराबाओ कपको फाइनलमा



लन्डन, (एजेन्सी)
चेल्सीलाई २–१ गोलअन्तरले हराएर आर्सेनलले काराबाओ कप फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्ने पक्का गरेको छ ।
यो आर्सेनलको एलेक्सिस सान्चेजको बहिर्गमनपछि पहिलो खेल थियो । सान्चेज यसै साता म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । खेलमा एक गोलले पछि परेर पनि आर्सेनलले जित हात पारेको थियो ।

इडेन हजार्डले चेल्सीलाई अग्रता दिलाए तर एन्टोनीयो रुडीगेरले आफनै पोस्टमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । दोस्रो हाफमा ग्रानीट जाकाले गोल गर्दै आर्सेनललाई फाइनलमा पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्