बोजनियाकी फाइनलमा



मेलबर्न, अष्ट्रेलिया । यहाँभइरहेको अष्ट्रेलियन ओपनको महिलातर्पm आज विहान भएको महिला एकल सेमिफाइनल खेल जित्दै क्यालोलिन बोजिनियाकी फाइनलमा पुग्न सफल भएकी छिन् ।

डेनमार्ककी पूर्व विश्व नम्बर एक खेलाडी बोजिनियाकीले बेल्जियमकी एलिश मार्टिन्स्लाई ६–३ र ७–६ को सीधा सेटमा पराजित गरेकी हुन् । बोजिनियाकीको भीडन्त अब फाइनलमा शीर्ष वरियता प्राप्त रोमेनियाकी सिमोन हालेप र जर्मनीकी एन्जेरिक कर्बरवीच हुने सेमिफाइनलका विजेतासँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्