सन् २०१७ अलनिनोबिनाकै सबैभन्दा गर्मी वर्ष



वासिङ्टन, (एजेन्सी)
मानवीय गतिविधिले वरपरको वातावरणलाई मात्र नभई समग्र पृथ्वीको जलवायु स्वभाव पनि प्रभावित भइरहेको वैज्ञानिकहरूले बताए।

प्रकृतिसँग मानवको खेलवाडले धर्तीको तापमान लगातार वृद्धि भइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र बेलायतका मौसम विभागले गत वर्ष अर्थात् सन् २०१७ अलनिनोबिना पनि सबैभन्दा गर्मीको वर्ष रहेको पुष्टि गरेका छन्।

ती दुई संगठनले जारी गरेको आँकडाअनुसार सन् २०१७ अहिलेसम्मको दोस्रो वा तेस्रो सबैभन्दा गर्मी वर्ष भएको छ। कुल १ सय ६७ वर्षका आँकडालाई समेटेर तयार गरिएको उक्त प्रतिवेदन वास्तवमै चिन्ता उत्पन्न गर्ने विषय बनेको छ।

‘यी आँकडामा विशेष के देखिन्छ भने सन् २०१७ मा अलनिनोको असर थिएन। त्यसको बाबजुद यसको सबैभन्दा गर्मी वर्षमध्यको एक रह्यो। यसले के प्रष्ट पारेको छ भने प्राकृतिक जलवायु प्रक्रियामा अब मानवीय गतिविधि हाबी भएको छ।’ –बेलायत मौसम विभागका कर्मचारी निर्देशक प्रोफेसर पिटर स्टटले बताए।

सबैभन्दा आश्चर्यचकित पर्ने कुरा भनेको अघिल्लो वर्ष सन् १९९८ को तुलनामा पनि गर्मी थियो। सन् १९९८ धर्तीको तापमान बढ्नुमा अलनिनोलाई जिम्मेवार ठहर्याएको थियो। हालैमात्र नासाले आफ्नो एक अध्ययनमा अलनिनोले अन्टार्कटिकामा वर्षेनी १० इन्च बरफ पग्लने गरेको दाबी गरेको छ।

वैज्ञानिकहरूले अलनिनोले समुन्द्रका तातो पानीको वहाव अन्टार्कटिकातर्फ भइरहेको र त्यसले हिउँ पग्लिरहेको बताएका थिए। अलनिनो एक प्रकारको मौसमी परिस्थिति हो जसमा प्रशान्त महासागरको पूर्वीभाग अर्थात् दक्षिणी अमेरिकाको तटीय भागमा महासागरको सतहको पानीको तापमान बढ्नुको कारण हुने गर्छ। यसकै कारण मौसमको सामान्य चक्रमा परिवर्तन आउने गर्छ र बाढी तथा सुखाग्रस्त हुनेजस्ता प्राकृतिक विपत्ति आउने गर्छ। चिन्ताको विषय भनेको सन् १८५० पछिका सबैभन्दा गर्मी १८ मध्ये १७ वटा वर्ष यसै शताब्दीका हुन्।

विश्व मौसम संगठनका वरिष्ठ वैज्ञानिक उमर बद्दौरले भने– ‘सबैभन्दा गर्मी वर्षको र्यांकिङ कुनै ठूलो समाचार होइन। ठूलो समाचार र गहन प्रश्न भनेको यसको झुकाव हो। यसको झुकावलाई हेर्नै पर्ने हुन्छ कि समुद्रको बरफजस्ता अन्य जलवायु विशेषतामा कस्तो असर परिरहेको छ?

प्रतिक्रिया दिनुहोस्