कामना फिल्म अवार्डस्–२०७४, के भन्छन् मनोनयमा परेका कलाकार?



विधाः नवनायक


आर्यन अधिकारीले पाउनुहुन्छ
सुगम गुरागार्इं
फिल्मः ब्रासलेट
मेरो विचारमा यो अवार्ड आर्यन अधिकारीजीले पाउनुहुन्छ। किनभने उहाँ नयाँ भइकन पनि पुरानो कलाकार जस्तै व्यस्त हुनुहुन्छ। लगातार काम पाइराख्नुभएको छ। योभन्दा अगाडिको अन्य फिल्म अवार्डमा पनि उहाँले पाइसक्नुभएको छ। त्यसैले उहाँले नै पाउनुहुन्छ जस्तो लाग्छ। मलाई आफ्नोबारे भने थाहा छैन।

अवार्ड फेयर होला
आयुषमान देशराज जोशी
फिल्मः चपली हाइट–२
मान्छेले कामअनुसारको फल पाउँछ। अवार्ड भनेको हौसलाका लागि हो, राम्रो काम गर्नेले नै अवार्ड पाउँछ र यो अवार्ड भनेको फेयर हुनुपर्छ। पक्कै पनि अवार्ड फेयर नै हुन्छ होला। अवार्ड कसले पाउँछ भनेर मैले नाम लिन मिल्दैन र म नाम लिँदिन पनि। डिजर्भिङ पर्सनले नै अवार्ड पाउँछ। नोमिनेसनमा परेकोमा खुसी छु र कामनाप्रति एकदमै हम्बल छु।’

अर्डियन्सको अवार्ड पाइसकें

 

आर्यन अधिकारी
फिल्मः के म तिमो होइन र
सबैले काम गर्दा अनेस्टली नै गरेको हुन्छ। राम्रो काम गर्ने मान्छेले अवार्ड पाउँछ। अडियन्सले त मलाई अवार्ड दिइसक्नुभएको छ। अवार्ड भन्ने कुरा जुरीले डिसाइड गर्ने कुरा हो। जसले अडियन्सको माया पाउँछ उसले नै अवार्ड पाउँछ। डेब्यु एक्टरको अवार्ड कसले पाउँछ भन्न सक्दिनँ तर जसले पाए पनि म खुसी हुन्छु।

आयुषमानले जित्नुहुन्छ
पृथ्वीराज प्रसाईं
फिल्मः किस्मत–२
नोमिनेसनमा परेपछि अवार्ड जित्ने आशा त भइहाल्छ। तर, अवार्ड जसले जिते पनि फिल्म क्षेत्रकै व्यक्तिले जित्ने हो नि। मेरो विचारमा यसपटकको डेब्यु एक्टरको अवार्ड आयुषमान देशराज जोशीले जित्नुहुन्छ जस्तो लाग्छ। किनभने उहाँ एक्टिभ हुनुहुन्छ र फ्यान फ्लोअर्स पनि धेरै छन्। फ्यान फलोअर्स त मेरो पनि छन्।

विधाः नवनायिका


नाम लिएर डिसअपोइन्ट गर्दिनँ

नम्रता श्रेष्ठ

फिल्मः गाँठो
मसँग नवनायिकाको नोमिनेसनमा पर्ने सबैको फिल्म हेरेको छु। सबैले हार्ड वर्क गर्नुभएको छ। यस कारण पनि म आफ्नो मात्र नाम लिएर वा अरू कसैको नाम लिएर कसैलाई पनि डिसअपोइन्ट गर्न चाहन्न। सबैले आफ्नोतर्फबाट कडा मेहनतत गरेर आउनुभएको छ। यस कारण पनि म वान नायिकाको अवार्ड कसले जित्छ भन्न सक्दिनँ। सबै अवार्डका लागि डिजर्भिङ हुनुहुन्छ।

दिया पुनको काम एकदमै राम्रो छ

कमली वाइबा तामाङ

फिल्मः शब्द
मैले मसँगै नोमिनेसनमा पर्ने मरिष्का दिया र सृष्टि श्रेष्ठको फिल्म हेरेको छु। मरिष्काको एक्टिङ पनि राम्रो छ र दिया पुनको काम एकदमै राम्रो छ। हुन त म ढिला आए पनि नयाँ कलाकार हो। यस कारण पनि मैेले अरूको अभिनय यस्तो उस्तो भन्नु त्यति राम्रो हुन्न। तर पनि सृष्टि श्रेष्ठले भने अझै सिक्न जरुरी छ। मेरो विचारमा यसपटकको डेब्यु एक्ट्रेसको अवार्ड दिया पुनले जित्छ होला।

सबैलाई अल द बेस्ट
मरिष्का पोखरेल
फिल्मः के म तिम्रो होइन र
मैेले डेब्यु एक्ट्रेसको नोमिनेसनमा परेका सबैको फिल्म हेरेको छैन। यस कारण जर्ज गर्न मिल्दैन। फिल्म नहेरेकाले म जर्ज गर्ने पोजिसनमा छैन। नोमिनेसनमा पर्नु पनि ठूलो कुरा हो। मलगायत सबै जनालाई अल द बेस्ट।

 

सबैले राम्रो काम गरेको छ
सृष्टि श्रेष्ठ
मनोनयनः लक्स पपुलर च्वाइस अवार्ड र गाजलुबाट नवनायिका
बेस्ट एक्ट्रेसको अवार्ड कसले जित्ला भन्नै त मिल्दैन, यो त मेरो लागि एकदमै गाह्रो क्वेस्चन भयो। आई थिङ्क जो डिर्जभिङ छ, उसले नै अवार्ड पाउँछ। सबै जना डिजर्भिङ भए पनि त्योबाट अझै डिजर्भिङले अवार्ड पाउनुहुन्छ। लक्स पपुल च्वाइस अवार्डमा पर्नु राम्रो कुरा हो। अनेस्टली भन्नुपर्दा पपुलर च्वाइस अवार्ड कसले जित्छ भन्ने कुरा मैले सोचेको पनि छैन। सबै जनाले राम्रो काम गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्