फेडेरर १४ औं पटक सेमिफाइनलमा



मेलबर्न, (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन रोजर फेडेरर अस्टे«लियन ओपनअन्तर्गत १४ औं पटक सेमिफाइनलमा पुगेका छन् । बुधबार रड लेभर एरेनामा भएको क्वाटरफाइनल खेलमा फेडेररले चेकका टोमस बर्डीचलाई ७–६, ६–३, ६–४ ले हराएका हुन् ।

स्विस खेलाडी यो सँगै करिअरको २० औं ग्रान्डस्लाम उपाधि जित्न दुई जितबाट टाढा छन् । उनले प्रतियोगिताका सरप्राइज सेमिफाइनलिस्ट हेओन चुंगसँग अन्तिम चारमा शुक्रबार खेल्नेछन् । दक्षिण कोरियाका चुंगले प्रतियोगितामा ६ पटकका च्याम्पियन नोभाक जोकोभिचलाई हराएर सनसनी मच्चाएका थिए ।

प्रतिक्रिया दिनुहोस्