नेपाल आउँदा सलमानलाई किन चाहियो १५ सय सुरक्षाकर्मी ?



काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने निश्चित भएको छ । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा सलमानसँगै बलिउडका अन्य कलाकारहरु पनि आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आइपुग्नेछन् । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा बस्ने बताइएको छ ।सलमानको नेपाल बसाई जम्मा तिन दिनको हुनेछ । उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने बताइएको छ ।

कार्यक्रम हेर्न टिकट काट्नुपर्ने गुरुङले बताए । उनका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएकोछ । सलमान सन् १९९४ पछि दोस्रो पल्ट नेपाल आउन लागेका हुन् । नेपाल आउने क्रममा उनलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने बताइएको छ । उनका ५ सय प्राइभेट सुरक्षाकर्मी ४ सयजना स्वयंसेवक परिचालन गरिने बताइन्छ । के एक कलाकारलाई सुरक्षा धेरै भएन र भन्ने प्रश्न पनि आयोजक समक्ष उठेको छ ।
यससगँै उक्त कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने र टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्