पूर्वमुख्यमन्त्री यादव अर्को घोटालामा पनि दोषी ठहर, पाँच वर्ष जेल सजाय



भारत ।विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव भ्रष्टाचारको तेस्रो मुद्दामा पनि दोषी ठहर भएका छन् । बुधबार झारखण्डको राँचीस्थित सिबिआई अदालतले चारो घोटालामा अर्का पूर्वमुख्यमन्त्री जगनाथ मिश्र र यादवलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

दुबै जनालाई पाँच/पाँच लाख भारु जरिवाना तिराउने पनि फैसला गरेको छ । विहारबाट झारखण्ड छुट्टिनुअगावै १९९४ देखि १९९६ सम्ममा देउघर कोषबाट ८४.५ लाख भारु पैसा नियमविपरित निकालेको मुद्दामा अदालतले आज फैसला सुनाएको हो ।

यो घटनामा ७६ जनाविरुद्द मुद्दा चलेको थियो । लालु अहिले राँचीस्थित बिर्सामुन्डा केन्द्रीय कारागारमा छन् ।

उनी सन् १९९० को दशकमा भएका अन्य दुई चारो घोटालामा दोषी पाइएपछि जेल परेका हुन् । उनलाई साढे तीन वर्ष जेल सजाय तोकिएको थियो । लालुको राष्ट्रिय जनता दलले अदालतको फैसलाविरुद्द उच्च अदालत जाने बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्