पुरुषत्व कम हुँदै, पुरुषहरुको भविष्य संकटमा



एेजेन्सी । ई क्रोमोजोम पुरुषत्वको प्रतिक मानिँदै आएको छ । तर, यो त्यति बलियो र टिकाउ नरहेको कुरा पछिल्लो अध्ययनले देखाएको छ । यसमा लिङ्ग निधारण गर्ने एस.आर.वाई. नामक जीन रहे पनि अन्य खालका जिन थोरै रहने गर्छ । र, यो जीवनको अस्तित्वको लागि नभए नि हुने एक मात्र क्रोमोजोम हो ।

सबैभन्दा चिन्ताको विषय भनेको वाइ क्रोमोजोम तिव्र रुपमा क्षयीकरण भइरहेको छ । भविष्यमा महिलामा पूर्ण रुपमा सामान्य एक जोडा एक्स क्रोमोजोम र पुरुष एउटा एक्स र अर्को कमजोर वाई क्रोमोजोम रहने अवस्था सृजना हुने अवस्था निम्तिाएको छ । यहि दर कायम रहेमा वाई क्रोमोजोम अबको ४६ लाख वर्षमा पूर्णत लोप हुनेछ । यो लामो समय जस्तो सुनिएला तर पृथ्वीमा जीवन शुरु भएको ३.५ अर्ब वर्षलाई ख्याल गर्ने हो भने यो त्यति लामो होइन ।

वाई क्रोमोजोम सधैँ यस्तो थिएन । यदि हामीले पहिलो स्तनधारी जीव बनेको समय घडीलाई सो¥ह करोड साठ्ठीवर्ष पछाडी घुमाउने हो भने कथा अर्कै थियो । शुरुवाति समयको वाई क्रोमोजोमको ढाँचा हेर्ने हो भने यो एक्स क्रोमोजोमको आकारको थियो र अरु सबै जीनहरु पनि समान थिए । तर वाई क्रोमोजोममा एउटा आधारभूत खोट पाइन्छ । हाम्रो कोषका अरु सबै क्रोमोजोमको दुइ प्रतिलिपी रहे भन्दा फरक वाई क्रोमोजोम एउटा मात्र रहेको हुन्छ, जुन बाबुबाट छोरामा हस्तान्तरण हुन्छ ।

अरु क्रोमोजोमले आफ्नो जोडासँग पुनर्मिलन गरेर अर्को पुस्तामा खरावीयुक्त जोडा हस्तान्तरण हुनबाट रोक्ने प्रक्रिया यसमा लागुहुँदैन । यो प्रक्रृयाको अभावमा वाई क्रोमोजोम लामो समयमा कमजोर बन्छ र अन्तत ‘जीनोम’ बाट लुप्त हुन्छ ।

यसका बाबजुद वाई क्रोमोजोमले आफ्नो निरन्तरतामा ब्रेक लाग्न नदिन केही अविश्वसनिय संयन्त्र विकास गरेको पाइएको छ । उदारणको रुपमा भर्खर पि.एल.ओ.एस. जर्नलमा प्रकाशित भएको डेनिस अध्ययनमा ६२ पुरुषबाट संकलित क्रोमोजोमको अशंको शृङ्खला तयार पारिएको थियो । अध्ययनमा वाई क्रोमोजोम उल्लेख्य मात्रामा संरचनात्मक पुनरसंरचनाबाट गुर्जन सक्ने सम्भावना पाइएको थियो । ‘जीन एम्फिकेशन’ भनिने यस प्रक्रियामा जीनको बहु प्रतिलिपी तयार हुने र विर्यको स्वस्थ कार्यको निरन्तरता र जीनको क्षय कम हुने अवस्था तयार भएको थियो ।

अध्ययनले वाई क्रोमोजोम ‘पलिन्ड्रोम्स’ भनिने असाधारण संरचनामा विकास भएको देखाएको थियो । यसले सो क्रोमोजोमको थप विनास जोगाएको छ ।

अरु प्रजातिहरुमा हेर्ने हो भने (वाई क्रोमोजोम अन्य स्तनधारीहरु र थप केही प्रजातिहरुमा पाइन्छ) वाइ क्रोमोजोमको जीन एम्लिफिकेशनको प्रमाण तिनमा पनि पाइन्छ । यो खालको जीनहरुले वीर्य उत्पादनमा र (कम्तिमा मुसाहरुमा) लिङ्ग अनुपात मिलाउन महत्वपूर्ण काम गरेको देखिन्छ ।

अध्ययनकर्ताहरुले जीनको प्रतिलिपिको सङ्ख्याको वृद्धी प्राकृतिक छनौटको प्रतिफल भएको प्रमाण दिँदै ‘मोलेकुलर बाइयोलोजी एण्ड इभोलुशन’ जर्नलमा छपाएका छन् ।

पुरुषहरुको अन्त्य ?
वाई क्रोमोजोम मानवमा विलुप्त भएको अवस्थामा पनि यसले पुरुषहरु पनि अनिवार्य त लोप हुन्छन भन्ने जनाउदैन । वाई क्रोमोजोम पुर्णत लोप भएको प्रजातिहरुमा पनि प्रजननका लागि महिला र पुरुषहरु आवश्यक रहेको देखाएको छ ।

लोप भएको अवस्थामा पनि जेनेटिक पुरुषगुण निर्धारण गर्ने एस.आर.वाइ. जीन फरक क्रोमोजोममा सरेको पाइएको छ । यसको अर्थ यी प्रजातिहरुले वाई क्रोमोजोम विना नै पुरुषहरुको उत्पादन गरिरहेका छन् । तथापि एस.आर.वाइ. सरेको नयाँ लिङ्ग निर्धारण गर्ने क्रामोजोममा पुन क्षयीकरको प्रक्रिया शुरु हुनथाल्छ । यसको कारण उही वाई क्रामोजोम जस्तै पुनर्मिलन गर्न जोडीको अभाव हुनु हुनेछ ।

यसका अतिरिक्त मानवमा रोचक पक्ष भने साधारण मानव प्रजननमा वाई क्रोमोजोमको आवश्यकता भए पनि क्रृतिम हिसाबले प्रजनन गराउँदा वाई क्रोमोजोममा रहेको धेरै जीनहरुको आवश्यकता नै पर्दैन । यसको मतलब चाडैनै  जेनेटिक इन्जिनियरिङ्ग वाई क्रोमोजोमको कार्यलाई विस्थापित गर्न सक्षम हुने अवस्थामा पुग्नेछ । यसपछि महिला जोडी र बाँझो पुरुषले पनि आफ्नो जीन भएको छोरा पाउन सक्षम हुन्छन् । यस्तो भएको अवस्थामा पनि मानवले प्राकृतिक तरिकाले बच्चा पाउनै छाड्नेछन् भन्ने पनि त होइन ।

जेनेटिक खोजमा यो रोचक र तातो बहसको विषय भए पनि यसमा चिन्ता लिइहाल्नुपर्ने अवस्था भने छैन ।

प्रतिक्रिया दिनुहोस्