बिमानस्थल कालोपत्रे सम्पन्न गर्न ४ बुँदे सहमति



रामधन राई, खोटाङ ।
खोटाङका सांसद तथा सरोकारवाला निकाय र थामखर्क विमास्थल कालोपत्रे निर्माण व्यवसायीबिच समयमै कालो पत्रे सम्पन्न गर्न चार बुँदे सहमति भएको छ । सहमति अनुसार अब निर्माण व्यवसायीले २०७५ साल असार ३० भित्र विमानस्थलको काम सम्पन्न गरेर हेन्डओभर गरिसक्नुपर्ने छ ।

यसअघि, कालोपत्रे निर्माण सुस्त भएको भन्दै चौतर्फी आलोचना हुँदै आएकोमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको उपस्थितिमा बसेको बैठकले आगामी जेठसम्म काम सकेर असारभित्र हेन्ड ओभर गरिसक्ने सहमति भएको होे ।

प्रतिक्रिया दिनुहोस्