जन्ती बोकेको जीप ठोक्किदा ११ जना घाईते



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउँडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किदा ११ जना घाईते भएका छन् । घाईते हुनेहरुमा पाटन नगरपालिका ५का १७ बर्षिय विक्रम वोहरा ,२७ बर्षिय दान सिंह विष्ट र सुर्नया २ का २० बर्षिय महेश विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाईत तीनै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य सामान्य ८ घाईतेहरु स्थानिय क्लिनिकहरुमा उपचार भईरहेको छ ।

सिउँडेवाट जन्ती बोकेर दोगडाकेदारतिर गईरहेको ग १ ज ५१९२ नं जीप र विपरित दिशावाट आईरहेको से १ ज २१७ नं जीप सिउँडे बजार नजिकै मध्यान्ह सवा १२ बजे ठोक्किएका हुन् । दुवै जीपका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । जीप ठोक्किनुको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्