हिमपातसंगै सुदूर पहाडकोे जनजीवन प्रभावित



विनोद सिंह विष्ट, बैतडी।

गएरातीदेखि मौसममा आएको परिवर्तनका कारण बुधवार बिहानै बैतडी सहित प्रदेश नं ७(सुदूरपश्चिम) का अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै दार्चुलाको अपी ,राप्ला , घुसा, खण्डेश्वरी, छिङरु ,व्यास, टिङकर लगायतका ठाउमा हिमपात भएको प्रेम चुनाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।”

चिसोबाटै बच्नका लागी दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङगा झरिसकेका छन ।
डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानिय आषिश मल्लले जानकारी दिनुभयो ।

बझाङको जयपृथ्वी नगरपालीका पणेश क्षेत्र,धामीलेख, पीठालेख,दौलीचौर, सुर्मा , काँडा लगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । हिजो राती देखी पानी पर्न सुरु भएको भएपनि हिमपात भने आज बिहानै भएको हो । लेकाली भेगमा भने हिमपात जारी रहेको छ ।
बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका , हिमालि गाउँपालिकामा र त्रिबेणी नगरपालिकाको उच्च हिमाले क्षेत्रमा हिमपात भएको लक्ष्मीराज पाध्यायले जानकारी दिनुभयो। उहाँले भन्नुभयो“बर्षासंगै हिउ परेर चिसो बढेपनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन् । ”

यस्तै अछामको पनि उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताईएको छ ।

हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।

हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।

हिजो एक्कासि मौसम बदली भै पानी हिमपात भएपछी , यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत र्पुयाएको छ । लामो समयको खडेरी पछी पानी परेकोले बाली सप्रिने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्