केर्बर सेमिफाइनलमा



मेलबर्न, दुई पटकको ग्रान्ड स्लाम च्याम्पियन एन्जेलीक केर्बर अमेरिकी प्रतिद्वन्द्वीलाई केवल ५१ मिनेटमा हराएर अस्टे«लियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

रड लेभर एरेनामा बुधबार भएको क्वाटरफाइनल खेलमा ३० वर्षीया जर्मनले मेडिसन कीजलाई ६–१, ६–२ ले हराएकी हुन् । कीजले आफ्नै सर्भिसमा ४६ अंकमध्ये १८ अंक मात्र जित्न सकिन् । मेलबर्नमा २०१६ मा च्याम्पियन बनेकी केर्बरले अन्तिम चारमा सिमोना हालेप वा कारोलीना पीलीस्कोभासँग खेल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्