विद्युत्को पोल ढल्दा दुई महिला घाइते



हेटौंडा,(नेस) ।
भीमफदी गाउँपालिका वडा नं. ३, लेख पान्द्रांगमा विद्यु्तको खम्बा ढलेर बारीमा काम गरिरहेका दुई महिला घाइते भएको छन् । मंगलबार दिउँसो उनीहरु बिजुलीको पोल ढल्दा तारमा आएको करेन्टका कारण घाइते भएका हुन् । घाइते हुनेहरुमा २६ वर्षीया सुमित्रा थिङ र १८ वर्षीया सिर्जना थिङ छन् ।

गाउँपालिका वडा नं. ३ अध्यक्ष मानबहादुर लामाका अनुसार सामान्य हावाले विद्युत्को पोल ढलेको हो । पोल ढल्दा विद्युत् प्रवाह भएको तारले दुई महिलालाई सोहरेको थियो ।

अध्यक्ष लामाले पटकपटक नेपाल विद्युत् प्राधिकरणलाई पोल जीर्ण भएको र जुनसुकै बेलामा दुर्घटना हुनसक्ने जानकारी गराउँदा पनि वास्ता नगरेको बताउनुभयो ।

उहाँले घटनाको पूर्ण जिम्मेवारी प्राधिकरणले लिनुपर्ने र घाइतेलाई उपचार तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । सुमित्राको भाँच्चिएको हात र सिर्जनाको भाँच्चिएको खु«ट्टाको उपचार हेटौंडास्थित अर्थोपेडिक अस्पतालमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्