बन्द खुल्ने संकेत



वासिङ्टन, (एजेन्सी)
अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज पुनः शुरू हुन सक्ने देखिएको छ । रिपब्लिकन र डेमोक्रइटसबीच भएको सम्झौताले हालका लागि यो संकट अस्थायी रुपमा टरेको छ । अमेरिकी संसद्को दुवै सदन सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी विधेयकलाई पारित गरेको छ । यो फैसलापछि संघीय सरकारका हजारौं कर्मचारीले राहतको श्वास लिएका छन् । उनीहरु केही समय विनातलब छुट्टीमा बस्नुपरेको थियो । सरकारी खर्चका लागि सिनेटमा अस्थायी बिलको पक्षमा ८१ जनाले भोट दिए । तर यो सम्झौता साढे दुई हप्ताका लागि मात्र हो ।

प्रतिक्रिया दिनुहोस्