सान्चेज र मखितर्यान सट्टापट्टामा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लबका खेलाडीद्वय एलेक्सिस सान्चेज र हेन्रिक मखितर्यान एक–अर्काको क्लबमा सट्टापट्टा भएका छन्।
आर्सेनल पुगेका हेन्रिक मखितर्यान र म्यानचेस्टर युनाइटेड भित्रेका एलेक्सिस सान्चेजबीचको स्थानान्तरण प्रक्रिया हाल जारी प्रि–सिजन ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रूपमा मानिएको छ। म्यानचेस्टर युनाइटेडले शुरूदेखि नै सान्चेजलाई भित्त्याउन खोजेको थियो।

आर्सेनलसँग सान्चेजको करार अवधि सकिन लागेको र क्लबले उनको करार अवधि थप लम्ब्याउन नचाहेपछि सान्चेज र युनाइटेडबीचको स्थान्तरण सम्भव भएको जनाएको छ। यता सान्चेजको विकल्पमा आर्सेनलले पनि युनाइटेडका मखितर्यानलाई पाउनुपर्ने मागले अहिले पूर्णता पाएको हो।

खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमति भएपछि दुवै क्लबले एकैसाथ खेलाडी स्थान्तरणको घोषणा गरेका हुन्। सोमबारबाट आधिकारिक रूपमा युनाइटेडमा आबद्ध सान्चेजले युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने जनाएको छ।

सान्चेज म्यानचेस्टर युनाइटेडबाट खेल्ने चिलीका पहिलो खेलाडी बनेका छन्। सान्चेजले युनाइटेड जस्तो ठूलो क्लबमा खेल्ने पहिलो चिलीका खेलाडी हुन पाएकोमा आफूलाई गर्व लागेको बताए। उनले भने– ‘युनाइटेड जस्तो ठूलो क्लबसँग जोडिन पाएकोमा गर्व लागेको छ। युनाइटेडले मलाई भित्त्याएको कारण पनि म प्रमाणित गरेर देखाउनेछु।’

प्रतिक्रिया दिनुहोस्