मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपाली झण्डा



कृष्णउदास खनाल, वीरगन्ज । नेकपा माओवादी केन्द्र निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल)ले पर्सामा नेपाली भूमि मिचिएको क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा गाडेको छ ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित विवादित नेपाल भारत सीमा क्षेत्रमा पुगेर वाईसीएलले राष्ट्रिय झण्डा गाडेका हुन् ।वाईसीएलले आफ्नो भूमि रक्षाका लागि सीमानामा उभिन तयार रहेको समेत बताएको छ । भारतले सीमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएका वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले जानकारी दिए ।
महतो सो क्षेत्रमा चार कठ्ठा जग्गा भारतले मिचेको छ ।

महतोको अनुसार त्यस वरीपरी भारतले करिब ५० बिघा जग्गा मिचेको बताए । दीपशिखाले मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा क्याम्प नै खडा गरेर बस्ने उद्घोष गरेका छन् ।उनले भारतले जवरजस्ती नेपाली भूभाग कब्जा गरेको आरोप समेत लगाएका छन् । नेपाली भूमी फिर्ता गराइ छाड्ने उनले जिकिर पनि गरेका छन् ।

त्यस्तै वाईसीएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वाईसीएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्