अस्टेलिया यु १९ विश्वकपको सेमिफाइनलमा



क्विन्सटाउन, (एजेन्सी) । अस्टेलियाले क्वीन्सटाउनमा १ सय २८ रनको लक्ष्य नाटकीय शैलीमा सुरक्षित गरेर आईसीसी यु १९ विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबार भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डलाई ९६ रनमै रोकेर अस्टेलियाले ३१ रनको जित हात पारेको हो । इंग्ल्यान्ड अन्तिम चारमा पुग्न मात्र ८१ रनले टाढा थियो । इंग्ल्यान्ड ७.२ ओभरसम्म ४७÷० को बलियो स्कोरमा थियो ।

तर लोएड पोपको लेगब्रेक्समा फसेपछि इंग्लिस टोलीले अस्टे«लियासामु आत्मसमर्पण गर्न बाध्य भयो । पोपले आठौं ओभरको तेस्रो बलमा विकेट लिएपछि इंग्ल्यान्डले सबै विकेट ४९ रनको लागि गुमाएको थियो । म्यान अफ द म्याच पोपले ३५ रन खर्चेर आठ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्