शेयर कारोबारमा थप कडाइ



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल धितोपत्र बोर्डले शेयर कारोबार गर्दा ब्रोकरहरूले ग्राहकको विस्तृत विवरण राख्नुपर्ने व्यवस्था गरेको छ। बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्र दलाल व्यवसायीले राख्नुपर्ने ग्राहकको विवरण केवाईसी (नो योर कस्टोमर)लाई परिमार्जित एवम् विस्तृत रूपमा समय सापेक्ष बनाइएको जानकारी दिएको हो।

लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी वजारको विकास तथा धितोपत्र कारोबारमा निहित जोखिमसमेत न्यूनीकरण गर्ने उद्देश्यबाट नयाँ व्यवस्था ल्याइएको बोर्डले जनाएको छ।

बोर्डले यसअघि धितोपत्र कारोबार गर्दा अबदेखि ग्राहकको परिवारका सदस्यको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्सा पनि पेस गर्नुपर्ने व्यवस्था गरेको हो। त्यस्तै इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भएन भएको विवरण साथै धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोषण समेत हुनुपर्ने बोर्डले जनाएको छ।

कम्पनी र संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी र संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिनपुस्ते विवरण जस्ता थप विवरण पनि समावेश गर्नुपर्नेछ ।

हालसम्म धितोपत्र कारोबार गर्दा सीमित रूपमा मात्र ग्राहक विवरण भर्नुपर्ने व्यवस्था रहेको थियो। नयाँ व्यवस्थाले ग्राहक विवरणको अभिलेख विस्तृत रूपमा परिस्कृत भई धितोपत्र दलाल व्यवसायीलाई समेत सहज हुने तथा धितोपत्र कारोबारमा हुने जोखिम न्यूनीकरण हुने बोर्डको बुझाइ छ।

धितोपत्र बजारको विकास र विस्तारको क्रममा बोर्डले वजारका आधारभूत संयन्त्रको विकास गरिसकेका बोर्डको दाबी छ। यस पृष्ठभूमिमा धितोपत्रको कारोबार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी बनाउन र धितोपत्र सम्बन्धी ऐन नियम तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानुनको व्यवस्थालाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जाने क्रममा यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार दलाल व्यवसायीले ग्राहक विवरण नराखी शेयर कारोबार गराइएको पाइएको भन्दै त्यस्ता दलाललाई कारबाही गरेको समेत जनाएको छ।

परिसूचकसँगै कारोबारमा गिरावट
काठमाडौं, (नेस)
साताको दोस्रो दिन सोमबार शेयर बजार स्थिर बनेको छ। दिनभरि भएको आरोह अवरोहका बाबजुद बजार अन्तिममा भने शून्य दशमलव ५८ अंकले घट्यो।

सोमबार १ हजार ४ सय २ दशमलव ६७ अंकबाट शुरू भएको बजार साढे ११ बजेसम्म क्रमिक सुधार आएर त्यपछि ओरालो लाग्न थाल्यो। त्यसको पौने घण्टामै फेरि सुधारिँदै नेप्से १ हजार ४ सय ७ अंकमा पुगेको थियो। तर बजार सम्हालिन नसक्दा नेप्से परिसूचक घट्ने बढ्ने क्रम जारी रह्यो। अन्ततः दिनभरि धेरैजसो समय सकारात्मक रहेकोनेप्से अन्तिममा भने झिनो अंकले घट्दै १ हजा र४ सय २ दशमलव शून्य ९ अंकमा रोकिएको हो।

यससँगै निरन्तर ओरालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको हो। नेप्से घट्दा सोमबार शेयर बजारको कारोबार रकम पनि घटेको छ। यसदिन बजारमा ३६ करोड ६४ लाख ३० हजा र९ सय ३४ रुपियाँको कारोबार भएको छ। यसक्रममा बजारमा १ सय ६३ कम्पनीका ९ लाख ५४ हजार ६ सइ ३० कित्ता शेयर किनबेच भए। बजारमा सोमबार ३ हजार ९ सय ३३ कारोबार हुँदा कारोबार रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपियाँ कम हो।

शेयर बजार ओरालो लाग्दा बजारमा लगानीकर्ताले राम्रो कम्पनीको शेयर पाउन छाडेको जानकारहरूले बताएका छन्। कम्पनीको बजार मूल्यमा गिरावट आएसँगै लगानीकर्ताले सस्तोमा शेयर बेच्न छाडेकोले कारोबार घटेको उनीहरूको दावी छ। घटेको बेलामा शेयरधनीले शेयर नबेच्ने गरेको उनीहरूको अनुभव छ।

त्यस्तै ब्याजदर तथा बैंकिङ प्रणालीमा देखिएको रकम अभावको ठाडो असरले बजारलाई सुस्त बनाएको अर्काथरि बताउँटन्। लगानीकर्ता उत्साहित भएर लगानी गर्ने निर्णयमा पुग्ने वातावरण नबनेकाले कारोबार रकममा भने भारी गिरावट देखिएको उनीहरूको दाबी छ।

नेप्से परिसूचक घट्दा सोमबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १ ंकले घटेर २ शय ९६ अंकमा सीमित भएको छ।

सोमबार नेप्से र सेन्सेटिभ दुवै ओरालो लाग्दा कारोबारमा आएका ५ समूहका परिसूचक भने उकालो लागेका छन्। यस दिन बीमा समुहमा ठूलो गिरावट आउँदा नेप्से ओरालो लागेको हो। यस दिन बीमा समूह १८ दशमलव ६५ अंकले घटेको हो। घट्नेमा लघुवित्त, अन्य, वित्त र विकास बैंक समूह पनि रहेका छन्। यी समूहको परिसूचक क्रमशः १३ दशमलव २९, ४ दशमलव ३, २ दशमलव शून्य ५ र शून्य दशमलव ५२ अंकले घटेका छन्।

त्यस्तै यस दिन उकालो लाग्नेमा जलविद्युत् समूह सबैभन्दा धेरै २३ दशमलव ४३ अंकले बढ्यो। ट्रेडिङ समूह पनि १० दशमलव २२ अंकले सुधारियो। बढ्ने अन्य समूहमा बैंकिङ समूह शून्य दशमलव ८३, र होटल समूह शून्य दशमलव ५६ अंक र उत्पादनमूलक समूह ३ दशमलव ४१ अंकले उकालो लागे। सानिमामाई हाइड्रोपावरको सबैभन्दा धेरै ५ करोड १८ लाख रुपियाँको कारोबार भयो। हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेकाले नेको इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्सको पनि २ करोड रुपियाँभन्दा बढीको कारोबार भयो।

यसदिन कामना सेवा विकास बैंकका शेयरधनीले सर्वाधिक ७ दशमलव ५९ अंकले कमाउँदा बेस्ट फाइनान्स कम्पनीका शेयर धनीले ४ दशमलव ४१ प्रतिशतले गुमाएका छन्। त्यस्तै विशाल बजार कम्पनीको शेयरमूल्य पनि ७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्