जाजरकोट र बाजुराकाे मौसमी रुघाखोकीमा विश्वभर १० लाखभन्दा बढीको मृत्युुभएकाे ‘हङकङ फ्लु’



काठमाडौं । जाजरकोट बाजुरालगायत जिल्लामा फैलिएको मौसमी रुघाखोकीमा हङकङ फ्लु (एच३एन२) मा पुष्टि भएको छ । हङकङ फ्लु भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको एच३एन२ नामले चिनिन्छ ।

प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्याल) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हङकङ फ्लु (एच३एन२) पुष्टि भएको हो ।

बाजुराबाट ल्याइएको ५ नमुनामध्ये ३ र जाजरकोटको ८ नमुनामध्ये ५ वटामा एच३एन२ देखिएको हो । सन १९६८ को जुलाइमा फैलिएको हङकङ फ्लुको प्रकोपले विश्वभर १० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको थियो । यो रुघाखोकी हङकङबाट सुरु भएकाले यसको नाम हङकङ फ्लु रहन गएको हो ।

हङकङ फ्लु भाइरलविरुद आम मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यसलाई त्यति खतरनाक मानिँदैन । नेपालमा भने यो सामान्य रुघाखोकीको दाँजोमा अलि कडा देखिएको छ ।

प्रयोगशालाका अनुसार बाजुरा र जाजरकोटमा मौसमी रुघाखोकी एच३एन२ देखिएको जानकारी दिएको छ । अन्य ठाउँको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीका भाइरस ए, बी र सी गरी तीन प्रकारका हुन्छन् । ‘ए’ भाइरसका विभिन्न उप–प्रकारमध्ये हाल ‘एच१एन१’ र ‘एच३एन२’ मानिसमा फैलिरहेको छ । ‘सी’ प्रकारको इन्फ्लुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाँजोमा धेरै कम फैलिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्