अदालतमा लक्ष्य भन्दा कम मुद्दा फछर्यौट



प्रशान्त वली, काठमाडौं । जिल्ला अदालत काठमाडौंले करिब ४ हजार पाँच सय थान मुद्धाहरुको फछर्यौट भएको वताएको छ ।

जिल्ला अदालत काठमाडौंले सोमबार अदालतकै कक्षमा गरेको पत्रकार सम्मेलनमा बिभीन्न प्रकृतिका ४ हजार ३ सय ५३ थान मुद्धाहरु फैसला भएको जनाएको हो । जिल्ला अदालत काठमाडौंमा यस आर्थिक वर्षको पुस मसान्तसम्म ५ हजार ४ सय ९८ थान मुद्दाहरु फर्छौट भइसक्नुपर्ने लक्ष्य तय गरिएको थियो ।

अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार निरन्तर सुनुवाईको आदेश भएका २ सय १४ मुद्दा मध्ये २० फछर्यौट भएको छ भने बाँकी १ सय ९४थान रहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अशोक वस्नेतले लक्ष्यमा कमजोर देखिएको भन्दै न्यायपालिका अन्तर्गत जिल्ला अदालतले निर्वाचनको काममा खटिनुपर्ने भएकाले असर परेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश वस्नेतले फैसला कार्यान्वयन तर्फ लगत २ हजार ६० मध्ये फर्छौट ५ सय २४ थान रहेको जानकारी दिनुभयो । उहाँले एक हजार पाँच सय ३६ थान फैसलाहरु कार्यान्वयन हुन् बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्