सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको ज्यान गयो



सरिता चलाउने, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन । मुत्यु हुनेमा वागचौर १० सल्यानकी ७ वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुुकुम की पुस्पा खड्का खत्री, रुकुम पेउघा का भीमवहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

रुकुमबाट तुलसीपुर तर्फ जाँदै गरेको मालिकाकालीका यातायातको ना ५ ख ५३१ बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखोलामा आज दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो ।

गम्भीर घाईते हुनेमा सल्यान ढोरचौर गाउँपालीका निवासी सिता कसेरा, रुकुम त्रिवेणी गाउँपालीका ७ का १६ वर्षिय विन्दु वली, मुसिकोट नगरपालीका ३ का केदार केसी, सोहि गाउँपालीका ६ का २४ वर्षिया विमला रावत, उनका छोरा ६ वर्षिय सौरव रावत र दाङ घोराही उपमहानगरपालीका निवासी धनसरा खड्का रहेका छन् ।

उनिहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाईतेको श्रीनगर स्थित मेडिकहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्