उपचारको बाहानामा क्लिनिकभित्रै बलात्कार



शिवहरीप्रसाद भट्टराई, राजविराज । सेवाग्राहीलाई वलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।

राजविराज १, का डा हृदयनारायण झाले वडा नं. ७ मा सञ्चालन गरेको आरती डेण्टल क्लिनिकमा एक सेवाग्राही किशोरी माथि वलात्कारको प्रयास गरेका थिए । साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि   डाक्टरले लात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

गत पुष २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास हुँदा ढिलो गरी सार्वजनिक भएको हो । मिलापत्र गरेर जाने भन्दै आएपनि प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारवाही सुरु गरेको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले नेपाल समाचारपत्वरलाइ ताए ।

पुष ९ गते पनि राजविराज १० का १८ वर्षिया रामविलास साहले एक किशोरीलाई वलात्कारको प्रयास गरेपछि पक्राउ गरिएको छ । दुवै आरोपीलाई म्याद थप गरी अनुसन्धान अगाडि वढाईएको डिएसपी श्रेष्ठले वताए ।

प्रतिक्रिया दिनुहोस्