सल्यानमा बस दुर्घटनामा तीनको मृत्युु



सरिता चलाउन, सल्यान ।

सल्यानमा बस दुर्घटना भएको छ । भर्खरै भएको बस दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । बसमा सवार अन्य ३६ जना घाईते भएका छन । रुकुमबाट दांगका लागी छुटेको मालिका कालिका यातायात प्रा लि को ना५ ख ५३१ नम्बर को बस सल्यान त्रिवेणी गाउपालिका को लुहाम नजिकै भाटाखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाईतेको शारदा नगरपालीका १ श्रीनगरको कान्तिपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बिस्तुत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस्