सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी



हामीलाई यस विषयमा केहि जानकारी प्राप्त भएको छैन्ः प्रहरी प्रवक्ता मनोज नेउपाने

 

नेपाल समाचारपत्र, काठमाडौं ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सांसद बनेका पूर्व –डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।

यसैबीच नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले अनुसन्धानका विषयमा केहि बताउन नमिल्ने र अहिलेसम्म यस विषयमा केहि जानकारी प्राप्त नभएको बताउनुभएको छ ।

आइजीपी बढुवा सम्बन्धनमा अदालतमा कार्यसम्पादन मूल्यांकन किर्ते पेस गरेको अभियोगमा सिलवाललाई बयानका लागि बोलाएको थियो । सिलवाल उपस्थित नभएपछि प्रहरीले पक्राउ गर्न आदेश दिएको थियो ।

अब १९२ देशका प्रहरीले खोज्‍नेछन् सिलवाललाई

लगातारको पक्राउ प्रयास असफल भएपछि नेपाल प्रहरीले डिफ्युजन नोटिश जरी गरेको हो। नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो।

यो नोटिस जारी भएसँगै अव जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ।

सिलवालले आफू जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट परिचालित टोलिले पक्राउ प्रयास गरेपनि उनीहरुको मिसन सफल हुन सकेन ।

यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गर्न निर्देशन पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्