असई खड्कालाई ३ लाख रुपैयाँ घुससहित अख्तियारले समात्यो



नेपाल समाचारपत्र, काठमाडौँ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् एक प्रहरी सहायक निरिक्षक (असई) रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बहस गरेपछि पीडितले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्