३ सय लिटर घरेलु मदिरा बरामद



नेपाल समाचारपत्र, भद्रपुर ।
प्रहरीले झापाको कचनकवल गाँउपालिका क्षेत्रबाट ३ सय लिटर घरेलु उत्पादन मदिरा (रक्सी) बरामद गरेको छ ।

अवैध रुपमा घरमा उत्पादित मदिरा बेचबिखनका लागि बजार तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बनियानीका असइ उदय शमसेरको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त परिणामको मदिरा बरामद गरेको जनाएको छ । साना र ठूला गरी १२ वटा ग्यालिनमा राखेर ल्याउने क्रममा कचनकवल गाउँपालिका ४ स्थित अंगुरभिट्टा पुल नजिकबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

मदिरालाई स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा राजनीतिकदलका प्रतिनिधिहरुको रोहबरमा प्रहरीले नष्ट गरेको छ । बरामद मदिराको बजार मुल्य करिब ३० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्