मुख्यमन्त्री छान्न एमाले स्थायी समितिको बैठक बस्दै



नेपाल समाचारपत्र,काठमाडौं ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका लागि नेकपा एमाले स्थायी समिति बैठक सोमबार बस्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो ३ बजे बस्ने बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोट गर्ने एमालेका एक नेताले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बस्ने स्थायी समिति बैठकले ४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनबाट एमालेको भागमा परेको तिनै २८ सिटमा कसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा बैठकले निर्णय गर्ने एमालेका बताए । बैठक मूलत राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भनिएपनि बैठकमा मुख्यमन्त्री चयनबारे छलफल हुने बताइएको छ ।

सात प्रदेशमध्ये वाम गठबन्धनबाट नेकपा एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्रीकालागि उम्मेदवारी दर्ता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्