गुल्मीमा नबजात शिशु मृत अवस्थामा फेला



अनिल खत्री, गुल्मी ।

गुल्मीको रिडीमा नबजात शिशु मृत अवस्थामासव फेला परेको छ । रुरु गाउँ पालिका १ रिडि को फोहोर पाल्ने ठाउँ रिडि खोला को किनारमा नवजात शिशु मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

आइतवार साँझ सडकमा खेल्ने वालवालिकाहरु फोहोरमा खेल्दै खोज्दै जाँदा बोरा भित्र रहेको अबस्थामा शिशुको सब फेला पारेका थिए । मृत नवजात शिशु फेलापारेसँगै बच्चाहरु र स्थानियले प्रहरीलाई खबर गरेको स्थानिय युवा चिरञ्जीवि ज्ञवालीले जानकारी दिए ।

घटना स्थलम पुगेका इलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरिक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पुर्ण रुप भै जन्मेको र नाल नकाटिएको अबस्था मा रहेको बताए । बच्चा कसैले जन्माएर फालेको हुनसक्ने प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको र जन्माएर फाल्ने पत्ता लागे कडा कारवाही हुने प्रहरीले जनाएको छ । मृत नवजात शिशुको शब इलाका प्रहरी कार्यालय रिडीमा राखिएको र पोष्ट माडम पछी स्थानिय जनप्रतिनिधीको रोहवरमा दाहा संस्कार गरिने उपरिक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्