व्यवसायीद्वारा प्रदेश सदस्यलाई सम्मान



हेटौंडा,(नेस)
मकवानपुर उद्योग वाणिज्य संघले ३ नम्बर प्रदेशका १ सय १० जना प्रदेश सांसद्लाई म मकवानपुरका धार्मिक, ऐतिहासिक स्थलहरू अंकित मायाको चिनो प्रदान गरी सम्मान गरेको छ।

संघ अध्यक्ष कृष्ण कटुवाल, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाटलगायतले सभा सदस्यको स्वागतसहित शपथग्रहण कार्यक्रममा मायाको चिनो प्रदान गर्नुभएको हो।

कार्यक्रममा जिल्लाका सुरक्षा निकाय प्रमुख, स्थानीय प्रशासन प्रमुखहरूको उपस्थिति थियो। बाजागाजासहित स्थानीय नागरिकले उल्लासमयरूपमा हेटौंडामा प्रदेशसभा सदस्यहरूको स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्