एफएनसीसीआई र एनभीएबीच १ करोड २० लाखको सम्झौता



नेपाल समाचारपत्र
काठमाडौं
उद्योगीहरूको सर्वोच्च निकाय नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै नाममा प्रतियोगिता गर्न नेपाल भलिबलसँग १ करोड २० लाखको सम्झौता गरेको छ।

नेपाल भलिबलसंघले आयोजना गरेका प्रतियोगितापछि प्राप्त लोकप्रियताका आधारमा राष्ट्रिय मान्यता पाएपछि महासंघले स्थानीयस्तरसम्म भलिबललाई स्थानीय आर्थिक विकासलाई जोड्ने लक्ष्यका साथ आफ्नै नाममा एफएनसीसीआई राष्ट्रिय भलिबल आयोजना गर्ने नेपाल भलिबलसँग हातेमालो गरेको छ।

जिल्लाहरूको प्रतिस्पर्धाको आधारमा हरेक प्रदेशको एउटा टिम तयार पारी प्रदेशस्तरीय ७ टिमलाई प्रतियोगितामा सहभागिता जनाउने महासंघले जनाएको छ। भलिबल खेललाई स्थानीयस्तरसम्म लोकप्रिय बनाई राष्ट्रिय खेलको रूपमा विकास र प्रबद्र्धनमा महासंघले देखाएको तत्परताले नेपाली खेलकुदको विकास लागि महत्त्वपूर्ण भूमिका खेलेको युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले बताएका छन्।

२०७४ चैत्र २० देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पहिलो चरणमा माघ २५ देखि फागुन १० सम्म जिल्लास्तरीय छनोट र दोस्रो चरणमा फागुन १० देखि चत १० गतेसम्म प्रदेश टोलीको टुङ्गो लगाउने योजना रहेको छ। प्रदेशस्तरबाट छनोट भई प्रतियोगितामा सहभाीग टिमबीचको विजेता महिला र पुरुष टिमले नगद २ लाख, १ लाख र ५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगिता सञ्चालन गर्न महासंघले एक वर्षको लागि १ करोड २० लाख प्रायोजन गर्ने सम्झौतासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्