जन्डिसको बिगबिगी



रियो दि जेनेरो, (एजेन्सी)
ब्राजिलको दक्षिण पूर्वी राज्य मिनास गेराइसमा जन्डिस फैलिएका कारण जनस्वास्थ संकटकाल घोषणा गरेको छ। डिसेम्बर यता त्यहाँ कम्तिमा १५ जना मानिसको ज्यान गइसकेको छ। राज्यको राजधानी बेलो होरिजोन्तेलगायत थुप्रै क्षेत्रमा जन्डिसको महामारी फैलिएको छ। ३ वटा दक्षिणी राज्यमा यस रोग विरुद्ध सामूहिक खोप कार्यक्रम अघि बढाइएको छ। तर खोप सकिने चिन्ताको कारण खोप लगाउन रियो र साओ पाउलोका क्लिनिकहरूमा पनि मानिसहको ताँती लागेको छ। छिमेकी मुलुक अर्जेन्टिनामा पनि खोप लगाउनेको संख्या बढेको छ।

प्रतिक्रिया दिनुहोस्