मोदी विरुद्ध र्याली



लन्डन, (एजेन्सी)
भारतमा दलित तथा अल्पसंख्यकमाथि भइरहेको अत्याचार विरुद्ध लन्डनको सडकमा र्याली निस्केको छ। उक्त विरोध प्रदर्शनमा लन्डनलगायत बर्मिंगभ र वोलवरह्याम्पटनबाट पनि सहभागिता जनाएका थिए। पार्लियामेन्ट स्क्वायरमा भेला भएका सबै प्रदर्शनकारी भारतीय उच्चआयोगसम्मको करिब २० मिनेटको र्याली निकालेका थिए। बेलायतमा बसिरहेका जातिगत समूहको सहभागिता रहेको उक्त प्रदर्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी नाराबाजी गरेका थिए। भारतमा दलितहरूमाथि आक्रमण भइरहेको र मसुलमान तथा अल्पसंख्यकहरू हिन्दू अतिवादी भिडको आक्रमणमा मारिने गरेको प्रदर्शनकारीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्