पारिस्थितिकीय प्रणाली आधारित विषयमा साताव्यापी अध्ययन



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङका सात स्थानीय तहमा पारिस्थितिकीय प्रणालीमा आधारित विविध पक्षको अध्ययन गरिएको छ । जिल्ला भूसंरक्षण कार्यालय लमजुङको अगुवाईमा सो कार्य गरिएको हो ।

प्रदेश नम्बर ४ अन्र्तगत गण्डकी वृहत जलाधार क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा आधारित विविध पक्षको बृहत्तर योजनाको अध्ययन गरिएको जिल्ला भूसंरक्षण कार्यालय लमजुङका प्रमुख हरिवंश आचार्यले बताउनु भयो । उहाँका अनुसार लमजुङमा रहेका ८ स्थानीय तहमध्ये राइनास नगरपालिका बाहेकका अन्य सात स्थानीय तहमा सो अध्ययन गरिएको हो । वन तथा भूसंरक्षण मन्त्रालयको निर्देशनमा १४ जिल्लाका ४० स्थानीय तहमा अध्ययन समुहले काम गरेको आचार्यले बताउनु भयो । उहाँका अनुसार सो कार्यमा भू तथा जलाधार संरक्षण विभाग, आईयुसिएन नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष र परामर्शदाताहरुको सहभागिता थियो । टोलीले एकसातासम्मको समय लगाएर सो अध्ययन गरेको हो ।

सो कार्यक्रम अन्तरगत लमजुङ लगायत १४ जिल्लामा पारिस्थितिकीय प्रणालीमा आधारित विषयवस्तु र अवस्था सो प्रणालीमा आधारित संकटापन्न समुदायको अनुकुलन क्षमतामा वृद्धि ल्याउने सम्बन्धमा अध्ययन गरिएको छ । त्यसमा लमजुङका ३ नगरपालिका र चार गाउँपालिकाहरूमा उक्त गरिएको हो । नगरपालिकामा बेसीसहर, सुन्दरबजार, मध्यनेपाल छन् । त्यस्तै गाउँफालिकाहरुमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी र क्व्होलासोंथर गाउँपालिकामा अध्ययन गरिएको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारणले जोखिममा परेका स्थानीय समुदाय तथा पारिस्थितिकीय प्रणालीको जोखिम न्युनीकरण सम्बन्धि कार्यक्रमका लागि विश्व जलवायु कोष(जिसीएफ)मा पेश गर्न सो अध्ययन गरिएको परामर्शदाता डाक्टर हिमलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अध्ययनका क्रममा जिल्लाका विभिन्न वस्तीहरुमा पुगेर जलवायु परिवर्तन सँग जोडिएका विषयवस्तुमा स्थानीयसँग अन्र्तक्रिया गरिएको थियो । अध्ययनको मुख्य विषय पारिस्थितिकीय प्रणालीमा आधारित रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययनबाट आएका विषयवस्तुलाई प्रस्ताव तयार गरी आउँदो मार्चमा जिसीएफमा पेश गर्ने कार्यक्रम छ ।

यहाँका विभिन्न समुदायमा बन जंगल, खानेपानीको मुहान, नदिको अवस्था, जीवजन्तु, बालीनाली, फलफूल, मौसमी अवस्था, वातावरण र स्थानीयको जिविकोपार्जन लगायतका विषयमा तुलनात्मक अध्यन गरिएको जिल्ला भूसंरक्षण कार्यालय लमजुङका अनुसार थियो ।

समुदायस्तरमा पुगेर गरिएका अन्र्तक्रिया, गोष्ठी, छलफल तथा अध्यनबाट जलवायु परिवर्तन सँग सम्बन्धित निकै तथ्यपरक र यथार्थ अवस्थाको जानकारीहरु प्राप्त भईरहेको र अहिले ति जानकारीलाई लिपिवद्ध गर्ने प्रकृयामा अध्ययन समुह लागेको परामर्शदाता एवं अध्यन समुहका सदस्य डाक्टर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार यहाँका विभिन्न समुदायमा बन जंगल, खानेपानीको मुहान, नदिको अवस्था, जीवजन्तु, बालीनाली, फलफूल, मौसमी अवस्था, वातावरण र स्थानीयको जिविकोपार्जन लगायतका विषयमा तुलनात्मक अध्यन गरिएको छ । उक्त अध्यन प्रतिवेदन वा प्रस्तावपत्रका आधारमा ती विषयमा स्थानीय तहमा विनियोजन हुने बजेट मार्फत् पनि समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिन्छ श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्