प्रदेश २ को शपथग्रहणमा सकसः सुन्ने नेपालीमा खाने आफ्नै भाषामा



नेपाल समाचारपत्र, जनकपूर ।

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यहरुलाई शपथग्रहण गर्न निकै नै कठिन भएको छ । उनीहरुलाई कुन भाषामा शपथ खुवाउने भन्ने विवादका बाबजुद नेपाली भाषामा शपथग्रहण गराइएको छ ।

प्रदेशसभा सदस्यको जेष्ठताको आधारमा ललनलाल चौधरीले नेपाली भाषामा शपथ खुवाएका थिए भने, अन्य सदस्यहरुले आ–आफ्नो भाषामा शपथग्रहण गरेका छन्। जनकपुरस्थित उद्योग वाणिज्य संघको राजर्षि जनक सभाहलमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट जेष्ठ सदस्य ललनलाल चौधरीले नेपाली भाषामा शपथ लिएपछि चौधरीले नेपाली भाषामै शपथग्रहण गराएका थिए।

यद्दपि, प्रदेशसभा अधिकांश सदस्यहरुले नेपाली शपथ नलिने भन्दै विरोध हुँदा हुँदै पनि एमालेका जेष्ठ सदस्य ललनलाल चौधरीले नेपालीमा शपथग्रहण गराएका थिए भने, अन्य सांसदहरुले मैथिली, नेपाली, भोजपुरी र हिन्दी भाषामा समेत शपथग्रहण गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्