खाद्यान्न कुट्ने र पिस्ने ढिक्की लोप हुदै



सालिकराम चालिसे, नुवाकोट

परम्परागत तरिकाले विभिन्न खाद्यान्न कुट्ने र पिस्ने गरिएको ढिक्की लोप हुदै गएको छ । आधृनिक प्रविधिको विकास र मेसिनरी सामानको कारण आगमनसँग ढिक्की संकटमा परेको हो ।

पोहिला पोहिला गाँउघरतिर विवाह हुदाँ केटीकी बाबुले आफ्नी छोरीले दुख भोग्न नपरोस् भन्ने अभिप्रायले छोरीलाई ढिक्की र जाँतो समेत दिएर पठाउने गरेको भनाइ पनि सुन्ने गरिन्छ । आफ्नी छोरीलाइ घरको खाद्यान्न पिस्न र कुट्नको लागि गाउघरमा जाँन नपरोस् भनेर त्यसो गरिएको भनाइ पनि प्रचलनमा छ ।

त्यस्तै गाउँघरमा जुन घरमा ढिक्कीजाँतो हुन्छ त्यो घरलाई खानदानी र धनीको रुपमा समेत चिन्ने गरिन्थ्यो । यसले पनि ढिक्कीको महत्व प्रष्ट पार्छ । अहिले गाँउघरमा मात्र सिमित भएको ढिक्कीलाई शहरबजारका मानिसहरुले चिन्न समेत छाडेका छन् । ढिक्की बनाउन चाहिने कच्चा सामाग्रीको अभावर्ले समेत यसको प्रयोगमा कमि आएको हो ।

ढिक्की बनाउँदा विषेश गरि काठ बढि चाहिने भएकाले वन विनास हुने डर समेत हुने गर्दछ । अहिलेको यृग प्रविधि र संचारको यृग हो। यस यृगमा सबै कामहरु उन्नत प्रविधिमार्फत गर्ने गरिन्छ ।जसले गर्दा परम्परागत बस्तुहरु ओझेलमा पर्दे गएका छन । यसको उदाहरण ढिक्कीलाई लिन सकिन्छ ।

करिव साढे २ दशकदेखि ढिक्की बनाउँदै आएका नुवाकोट गेर्खु ११ का ६८ वर्षिय दाताराम प्याकृरेलले भने “गाँउघरमा आजभोलि ढिक्कीको चलन हराउँदै जान थालेको छ । गाँउघरमा विद्युतको प्रवेशसँगै मिलहरुको स्थापना पश्चात यसको प्रयोगमा कमि आएको उनी बताउँछन । आफ्नो जीवनमा करिव ३० जति ढिक्की बनाएका उनले एउटा ढिक्की बनाउबापत रु २००० लिने गरेको बताउँछन् । ढिक्की बनाउनका लागि चाहिने सामानहरु स्थानिय स्तरमानै पाइने भएकाले ढिक्की बनाउदा त्यति खर्च नहने प्याकुरेलको भनाइ छ ।

करिव एक दशक एक दशकअघि आफ्नै घरमा ढिक्की बनाएका नुवाकोटको गेर्खुकैे हरि प्याकुरेलले भने “ढिक्की बनाउदा त्यति खर्चिलो हृदैन । यसको सम्पृर्ण खर्च करिव करिव ८ हजार लाग्ने प्याकुरेलले बताए । ढिक्की बनाउन चाँहिने सामानहरु सृलभ तरिकाले पाईने भएकोले त्यति खर्चिलो नहृने हरि बताउँछन । ढिक्की संकटमा परिरहेको बेला ढिक्कीलाई चिनाउन स्थानिय निकाय,सरकार र संचार माध्यमले सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ ।

उता वेलकोटगढी नगरपालिका वडा नं १ कि सन्तोषी राईले “मेसिनरी प्रविधिबाट कृटाई र पिसाई गर्दा विभिन्न किसिमका प्रदृषण हृनृको साथै स्वास्थको लागी पनि उपयुतm नहृने बताइन् । ढिक्कीबाट उत्त कार्य गर्दा कृनैपनि बेफाइदा नहुने राई बताउँछिन् । उनले थपिन् “ढिक्कीबाट खाद्यान्न कुट्दा खानाहरु स्वादिलो हुनुको साथै स्वास्थ्यको हिसाबले पनि उपयुतm हृन्छ ।

नुवाकोटको सदरमुकाम विदुरकी कमला रिजालको अनुभव भने वेग्लै छ । आफुले विवाह अघिसम्म ढिक्की नदेखेको बताउने उनले विवाहपश्चात श्रीमानको घरा मात्र ढिक्की देखेको बताउँछिन् । उनले भनिन् “पोहिलो पटक ढिक्की देख्दा अचम्म लाग्यो । यसले कसरी धान ,चिउरा ,कृट्ला ? भन्ने विचार आएको थियो । यसमा विभिन्न खाध्यान्न कुट्ने र पिस्ने गरेको देख्दा अझै पनि डर लाग्ने उनले सुनाइन् ।

ढिक्की संस्कृतीबारे प्रश्न गर्दा नुवाकोट विदुर नै घर भएका १६ वर्षिय सक्षम मगरले अनविज्ञता प्रकट गरे । ढिक्की भनेको नाम आज मैले पोहिलो पटक सुनेको छु यसको विषयमा घरमा गएर आमाबासँग गएर सोध्नुपर्ला,उनले भने ।

अहिले ढिक्कीको लोपसँगै यसका दक्ष जनशतिm समेतको अभाव हुदै गएको छ । अहिलेका शिक्षित युवाहरुलाई ढिक्की बनाउँन त परै जाओस् नामै नसृनेका पनि प्रशश्त देखिन्छन् । ढिक्कीबाट चामल ,चिउरा,मसला इत्यादि पिस्दा स्वादिलो हुने यसका प्रयोगकर्ताहरु बताउँछन् । करिव दश वर्षदेखि ढिक्कीको प्रयोग गदै आएकी गोमा आचार्यले भनिन “ढिक्की विषेश गरि सेलरोटि र अर्नसा(चिनीरोटी) पकाउन उपयुतm हुन्छ । यसबाट पिठो कुट्दा खाने परिकार राम्रो हुनुको साथै स्वादिलो पनि हृन्छ । मिलमा पिठो पिस्दा रोटी भाँचिन्छ तर ढिक्कीमा कुट्दा त्यस्तो समस्या हुदैन ।

परम्परादेखि चल्दै आएको ढिक्की संस्कृति अहिले आएर लोप हुनु भनेको हाम्रो आफ्नोपन नै हराउँदै जानु हो । आधुनिक र पाश्चात्य शैली अपनाउन सध ैहतार गर्नै हामी आफनो मौलिक संस्कृति र परम्पराको रक्षा गर्न भने सधैँ पछाडि पर्ने गरेका छौ । यस्तो हाम्रो बानीबेहोराले हाम्रा भावी संन्ततीलाई भने पक्कै असर गर्नैछ ।

हाम्रा भावी सन्ततीलाई हामीले यदि ढिक्की चिनाउने हो भने यसलाई गाँउमा मात्र केन्द्रित गर्नुहुदैन । यसलाई शहरतर्फ पनि विस्तार गरिनृ पर्छ । अनि मात्र भावी सन्ततीले ढिक्की संस्कृती चिन्न र बृझ्न सक्छन् । नत्र ढिक्की एकादेशको कथा नहोला भन्न सकिदैन । ढिक्की हाम्रो संस्कार र परम्परा हो यसलाई सबै सरोकारवाला पक्ष र सिप भएका व्यतिmहरु मिलेर अगाडी बढाएमा नेपालीलाई विश्वस्तरमा अझ बढी विविधताले चिनाउन सकिन्थ्यो कि ।

ढिक्की बनाउन चाहिने सामाग्रीहरु

-मुसल
– साँबी (दाँत)
-ओखल
-आग्लो
-ज्याला रु २०००
लगत खर्च करिव रु ८००० हजार

प्रतिक्रिया दिनुहोस्