ब्यबसायीक खेतीमा युवा आकर्शित



बोईलर तथा कोईलर कुखुरा पाल्ने बढे

सलिम अन्सारी, प्यूठान ।

बाङ्गेसालमा जिल्लाकै ठूलो बोईलर पोल्ट्री फर्म संचालनमा आएको छ । ४ जना युवा उद्यमीको संयुक्त लगानीमा सरुमारानी–१ तित्रीबाँझामा एकता पोल्टी फर्म संचालनमा आएको हो । बाङ्गेसाल क्षेत्रमा साना–ठूला गरि करिब ५०÷६० को संख्यामा कुखुरा फर्महरु खोलिएका छन ।

बाङ्गेसाल कुखुरापालनको हवको रुपमा चिनिन थालेको छ । पेशाले ३ जना शिक्षक र १ जना लेखा परिक्षण क्षेत्रमा क्रियासिल युवा उद्यमीहरुद्धारा फर्म खोलिएको हो। बोईलर कुखुरा फर्ममा ५० लाख लगानी लागेको उनिहरु बताँउछन् ।

पोल्टी फर्ममा ३ वटा सुविधा सम्पन्न आधुनिक फर्म, आवास गृह लगाएतका आवस्यक भौतिक पूर्वाधार रहेका छन् ।
फर्मको लागि ८ रोपनी जग्गा लिजमा लिई वार्षिक २४ हजार तिर्दै आएको फर्मले बताएको छ । ३ वटा फर्ममा गरि ७५ सय चल्ला राखिएको र फर्मबाट एकै साथ बोईलर कुखुरा उत्पादन गरिरहेको फर्मका अध्यक्ष बशन्त घिमिरेले बताए ।

‘अयद छण्ण् जातका ब्रोईलर चल्ला बुटवल तथा चितवनबाट ल्याइएको हो ।’ घिमिरेले समाचारपत्रसँग भने, ‘नाफा मुलक ढंगबाट मात्र नभएर युवाहरुलाई उद्यमशिलता तर्फ उन्मुख गराउन पनि फर्म संचालन गरिएको हो ।’ जैविक शुरक्षाको लागि फर्मले उच्च सतर्कता अपनाएको फर्मका अर्का संचालक सदस्य प्रकाश आचार्यले बताए ।

फर्ममा डिपर (खुट्टा चोप्ने व्यवस्था), भाँडाहरु सफा गर्ने, निर्म्लिकरणको लागि औषधीपानी ट्यांकीको छुट्टै व्यवस्था गरिएको आचार्यको भनाई छ ।

‘१ देखि २१ दिने चल्लालाई ब्रोडिङ्ग हाउसमा उचित तापक्रम मिलाई औषधी र भ्याक्सीनको व्यवस्थामा राख्दछौँ ।’ आचार्यले भने, ‘४२–४५ दिनमा २ किलो ५ सय ग्रामको हुन्छ ।’ तापक्रमको व्यवस्थापन गर्न ईलेक्ट्रीक हिटर, ईलेक्ट्रीक बडर, ग्यास बडर र भुुसभुुखारीको प्रयोग गरि थर्मो्मिटरको सहायताबाट तापक्रमको मापन गर्ने गरिएको आचार्यले बताए ।

उचित सावधानी अपनाउँदा अपनाउँदै पनि विभिन्न किसिमका रोगहरुको संक्रमण बेहोरीरहेको फर्मका अर्का सदस्य संचालक सन्तोस के.सी.ले दुःखेसो पाखे ।

‘ख्यार–ख्यार गर्ने, रातो दिसा गर्ने, पेटमा पानी जम्ने आदी रोगबाट बेलाबखतमा समस्या आउँछ ।’ के.सी.ले भने, ‘दाङ्ग तथा बुटवलका कुखुरा रोग विशेषज्ञ डाक्टरको परामर्शमा उपचार गर्छाँै ।’ गाँउमा खुल्लारुपले कुखुरा पाल्नु, कुखुरापालक कृषकहरुमा जैविक शुरक्षाको ज्ञान नहुँदा कुखुराहरुमा रोगको संक्रमण बढ्ने के.सी.को भनाई छ ।

बाङ्गेसाल कुखुरापालनको लागि उपयुक्त हावापानी भएको क्षेत्र मानिन्छ । तराईमा ‘लु’ लाग्दा यहाँ भने सदावहार कुखरा उत्पादन गर्न सकिन्छ ।

चिसो मौशममा कुहीरो नलाग्ने घाम लाग्ने हुँदा जाडो तथा गर्मी दुवै मौशममा कुखुरा उत्पादनको लागि उपयुक्त ठाँउ भएको फर्मका संचालक सदस्य विष्णु शर्माले बताए ।
उत्पादीत कुखुराको मुल्यमा तरलता सबैभन्दा ठूलो चुनौती हुने शर्माको भनाई छ ।

‘१ सय ४० प्रति के.जी भयो भने लगानी सम्म उठ्दैन ।’ शर्मा भन्छन् ‘कुखुरा २ केजी भन्दा तल भयो भने बेच्न समस्या पर्दछ । चिसो मौशम बजारीकरणको लागि सबैभन्दा उपयुक्त सिजन हुन्छ ।’ यहाँबाट उत्पादीत बोईलर कुखुराको प्रमुख बजार बुटवल र नेपालगञ्ज रहेको र पोखरा, गुल्मी, कैलाली, दमौली र काठमाण्डौसम्म पनि कुखुरा पुग्ने गरेको शर्मा बताउँछन् ।

न्यूनतम १ सय ४० देखि २ सय १० रुपैयाँसम्म विक्री हुने गरेको फर्मले बताएको छ । ७ हजार ५ सय बोईलर कुखुरा उत्पादन गर्न १८ देखि २० लाख रुपैयाँ लगानी लाग्ने संचालकहरुको भनाई छ । मुल्य राम्रो पाएमा ३ लाख ५० हजार देखि ४ लाख सम्म आम्दानी हुने उनिहरु बताँउछन् ।

विकसीत प्रविधीको प्रयोग गरि कुखुरापालन गर्ने सोँच हुँदाहुँदै पनि राज्यको उदाशिनताले आफुहरुलाई थप हौसला नमिलेको संचलाकहरुको गुनासो छ । कृषि विकास बैङ्कबाट वार्षिक ११ प्रतिशत् व्याजदरमा कर्जा लिई फर्ममा लगानी गरेको संचालकहरु बताउँछन् । राज्यले ४० वर्ष देखि मुनिका पशुपालक उद्यमी भएमा वार्षिक ६ प्रतिशत व्याजदरमा कर्जा दिने नीति लिएता पनि आफुहरुले सुलभ व्याजदरमा कर्जा नपाएको फर्म संचालकहरुको गुनासो रहेको छ । शुलभव्याजदर र बजारीकरण राज्यको जिम्मेवारी हुनुपर्ने उनिहरु बताँउछन् ।

जोखिमपूर्ण कुखुरापालन पेशामा कृषकभन्दा दानावाला कम्पनी तथा औषधी विक्रेतालाई बढी नाफा भएको छ : उद्यमीहरु भन्छन।

प्रतिक्रिया दिनुहोस्