एमाले प्युठानका सचिवालय सदस्य थापालाई अन्तिम बिदाई



प्यूठान।  नेकपा एमाले प्युठानका सचिवालय सदस्य एवं युवा नेता हिक्मत थापाको पार्थिव शरीरमा नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

प्युठानको बाग्दुला स्थित झिमरुक नदि किनारमा थापाको शव श्रद्धाञ्जलीको लागि राखिएको थियो । प्युठानका बिभिन्न राजनितिक दलका नेता, नागरिक समाज, पत्रकार, आफन्त र शुभचिन्तकहरुले भावविह्वल हुँदै हिक्मतलाई श्रद्धाञ्जली दिए।

अनेरास्ववियुका पुर्ब जिल्ला अध्यक्ष समेत रहेका हिक्मत थापाको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जलीका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता सुर्य थापा, प्रदेशसभा ‘क’ तर्फका प्रदेशसभा सदस्य हरि प्रसाद रिजाल, पुर्ब सांसद धन बहादुर रायमाझी, प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति लगायतका सयौ शुभचिन्तक बाग्दुला पुगेका थिए।

कमलपित्त लगायतका रोगबाट ग्रसित थापाको काठमान्डौको नर्भिक अस्पतालमा ४२ बर्षको अल्पायुमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो।शनिवार थापाको पार्थिव शरिरलाई प्युठान ल्याइ झिमरुक नदि किनारमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले बताएको हो।थापा जिल्लामा एक होनाहार राजनितीज्ञ,जुझारु युवा नेता र समाजसेवीको रुपमा चिनिन्थे।थापाको निधनपछी एमाले प्युठान जिल्ला कमिटिले श्रदान्जलीसभाको समेत आयोजना गरेकाे हाे । 

प्रतिक्रिया दिनुहोस्