सडक दुर्घटनामा परी सातको मृत्यु



 

नयाँदिल्ली। पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् ।

बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ ।
यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्