राजधानीमा सलमानको दबङ टुर



आगामी फागुन २६ गते राजधानीको टुँडिखेलमा सलमान खानको दबङ द टुर हुने भएको छ। यसबारे जानकारी दिन शुक्रबार आयोजकले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सलमानका अभिनेता भाई सोहेल खान प्रस्तुत भए।

कार्यक्रममा बोल्दै सलमानका तर्पmबाट आयोजकसमेत रहेका उनले उक्त कार्यक्रम सफल बनाउने सबैभन्दा ठूलो जिम्मेवारी दर्शकको भएको र जसरी दर्शकको मायाले नेपालमा सांगीतिक टुर सम्भव भएको छ त्यसरी नै कार्यक्रम पनि सफल हुने आशा व्यक्त गरे। ‘दर्शक तागत हुन्, विश्वका विभिन्न देश तथा शहरहरूमा कार्यक्रम आयोजना गरे पनि नेपालमा हुन लागिरहेको कार्यक्रमका लागि म निकै उत्साहित छुु’ –उनले भने। यस टुरमा बलिउड नायिका कट्रिना कैफको पनि सहभागिता रहने चर्चा चले पनि साहेलले भने कट्रिनाको सहभागिता नरहने प्रष्ट पारे। उनका अनुसार सलमानका साथ नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहनेछ।

नेपालको ओडीसी नेपाल, सोहेल खान प्रोडक्सन र जेइ इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो। विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई हटाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रममा दाबी गरिएको छ। ३ घण्टा लामो कार्यक्रममा एक घण्टा भने नेपाली कलाकारको प्रस्तुती रहनेछ।

प्रतिक्रिया दिनुहोस्