रत्नजित फाइनलमा



काठमाडौं, (नेस)
नेपाली सेनाका रत्नजित तामाङ राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा पुगेका छन्।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा खेलमा सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहाल घाइते भएपछि रत्नजित फाइनलमा पुगेका हुन्। पहिलो सेट प्रिन्सले जित्दा दोस्रो सेटमा उनी लडेर घाइते भएका थिए। सो सेट नम्बर एक रत्नजितले हात पारे। तेस्रो सेटमा रत्नजित ८–३ को अग्रता लिँदाको अवस्थामा प्रिन्सले खेल छाडेका थिए। ३३ वर्षपछि भएको राष्ट्रिय ब्याडमिन्टनको पुरुषकै एकलतर्फको अर्को खेलमा एपीएफका दिपेश धामीले सेनाका नवीन श्रेष्ठलाई २१–१३, २१–९ ले पाखा लगाए।

महिला एकलमा सेनाकी नङ्शल तामाङले एपीएफकी शिक्षा श्रेष्ठसँग फाइनलमा सामना गर्ने भएकी छिन्। नङ्शलले एपीएफकी शोभा गौचनलाई २१–१३, २१–११ ले र शिक्षाले सेनाकी अमिता गिरीलाई २२–२०, २१–१५ ले हराएर उपाधिको लागि स्थान पक्का गरेका थिए।

प्रतिक्रिया दिनुहोस्