तीन महिला सगरमाथा चढ्ने



काठमाडौँ। वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् ।

‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पायाङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा सर्वाेच्च शिखरमा जाने पर्यटन पत्रकार संघको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

सो अवसरमा लाक्पा याङ्जीले पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै यस क्षेत्रमा महिलाको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ आफूहरु आगामी चैत २४देखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत आरोहणमा जान लागेका महिला पर्वतारोहीलाई एभरेष्ट हार्डवेयरले आवश्यक सामान उपलब्ध गराउने छ । सोलुखुम्बु घर भएका आरोही तीनै जनाले लामो समयदेखि पदयात्रा क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्