तेस्रो लिंगीले एचआईभी सारेको ठहर



पर्थ,(एजेन्सी)

अष्ट्रेलियाको एक अदालतले शुक्रबार एकजना तेस्रोलिंगी देहव्यापारीलाई जानीजानी आफ्नो १ जना ग्राहकलाई एचआईभी सारेको अभियोगमा दोषी ठहर गरेको छ। आफूलाई महिलाका रूपमा परिचय दिन मन पराउने क्लेटन जेम्स पामरले पश्चिमी अस्ट्रेलियाको जिल्ला अदालतसमक्ष ती ग्राहकसँग असुरक्षित यौन सम्पर्क राख्दा आफू एचआईभी संक्रमित भएको थाहा नभएको बयान दिएकी छिन्।

पिडितको परिचय खुलाइएको छैन। उनललाई संजाय तोक्ने अदलती तिथि अझै निश्चित भइसकेको छैन। तर उनलाई अधिकतम दस वर्ष लामो कारवास संजाय हुनसक्ने वकिलहरुले बताएका छन्।

वकिल वेन स्टानविक्सले पामरले सन् २०१४ मा अनलाइन विज्ञापनमार्फत ती ग्राकलाई भेट्नु दुई महिनाअघि नै उनलाई १ जना नर्सले उनी एचआईभी पीडित भएको जानकारी दिएको अदालत समक्ष भनेका छन्। सन् २०१५ अगष्ट सम्म पामरले ति व्यकितसंग पटक–पटक असुरक्षित यौन सम्पर्क राखेको बुझिएको छ।

साथै पामरले आफ्नो ग्राहकलाई अरु कसैबाट पनि सो रोग सरेको हुन सक्ने तर्क दिएकी छिन्। ती ग्राहकलाई सन् २०१५ को सेप्टेमबरमा एचआईभी पोजिटिभ भएको पत्ता लागेको चिकित्सकहरुलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्