‘चीन विध्वंशकारी शक्ति’



वासिंटन, (एजेन्सी)

अमेरिकी प्रशान्त नौसेनाका कमान्डर एडमिरल यारी हेरिसले दक्षिण चीन सागरमाथि चीनको दाबीसम्बन्धी विवादको प्रसंगमा हिन्द प्रशान्त क्षेत्रमा चीन ‘विध्वंशकारी शक्ति’ भएको बताए।
चीनले उक्त जल क्षेत्रमाथि आफ्नो सम्प्रभुताको दावी गरेपछि दक्षिणपूर्वी एसियाली देशका संगठन (आसियान)का राष्ट्रहरुले पनि ती क्षेत्रमाथि दाबी गरेका छन्। उक्त संगठनका सदस्य वियतनाम, मलेसिया र फिलिपिन्स आफ्नो दाबीलाई कति रक्षात्मक हुन सक्छ भन्ने प्रश्न उनले उठाएका छन्।

रायसिना वार्ताका क्रममा हेरिसले उक्त कुरा बताएका हुन्। हेरिसले भने– ‘हिन्द महासागरमा चीन एक विध्वंशकारी परिवर्तनकारी शक्ति हो भन्ने मलाई लाग्छ।’ अमेरिकाले चीनद्वारा दक्षिण चीन सागरमा सैन्य सुविधा बढाउने तथा कृत्रिम द्विपको निर्माण गर्ने कार्यको आलोचना गरेको छ र यसले समुद्रको गतिविधिलाई प्रभावित पार्न सक्छ।

चीनको ती क्रियाकलापले भियतनाम, फिलिपिन्सदेखि मलेसियासम्मका देशहरुमा अशान्ति उत्पन्न गराएको पनि उनले बताए।

उनले भने– ‘हिन्द महासागर र हिन्द प्रशान्त महासागरलाई मुक्त र सुरक्षित राख्नका लागि हामीले कडा फैसला लिनुपर्नेछ।’

हेरिसले चीनबाहेक उत्तर कोरिया र आतंकवादलाई उक्त क्षेत्रका अन्य खतरामा समावेश गरे। यदि चीनले दक्षिण चीनसागरलाई शान्त र सुरक्षित राख्ने पक्षमा आउँदैन भने उसलाई पनि त्यसमा समावेश गर्न सकिने उनले थपे।

प्रतिक्रिया दिनुहोस्