दुई बालक पक्राउ



आयोबा, (एजेन्सी)
अमेरिकाको आयोबा राज्यमा प्रहरीले मह व्यापारीलाई नोक्सान पुर्याउन २ युवकलाई पक्राउ गरेको छ।

ती युवकमाथि ५ लाख माहुरी मारेको आरोप लागेको छ। सु शहरको वाइल्ड हिल हनी फर्ममा ती २ केटाले माहुरीका ५० वटा बाकस फोडेका थिए। जसले गर्दा चिसोका कारण ती माहुरीको मृत्यु भएको हो। त्यतिबेला उक्त इलाकामा हिमपात भइरहेको थियो।

पक्राउ परेका केटामा एकको उमेर १२ र अर्कोको १३ वर्ष भएको बताइएको छ। वाइल्ड हिल हनी फर्मका मालिकले यस घटनाबाट आफूलाई ६० हजार डलर नोक्सान भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्